क्रिकेट

ईपीएल : पोखरालाई जितका लगि विराटनगरले दियो १७३ रनको लक्ष्य

By खबरहब

October 02, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ  ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २९ रन जोडे ।

पोखराका विक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र सहन आराछिगेले एक/एक विकेट हात पारे ।