मनोरञ्जन

दाङको कन्सर्टमा ‘भिटेन’

By खबरहब

October 02, 2021

काठमाडौं– विजया दशमीको अवसर पारेर आगामी असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा र्यापर समिर घिसिङ ‘भिटेन’सहित विभिन्न कलाकारको प्रस्तुति हुनेछ ।

कार्यक्रम व्यवस्थापक प्रकाश घर्तीमगरका अनुसार कार्यक्रममा मिलन नेवार, गायक प्रताप दास, दंगाली गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको विशेष प्रस्तुति हुनेछ ।

पीएम इन्टरप्राइजेजको आयोजना र केएम फिटनेस सेन्टरको सह–आयोजना हुने कार्यक्रमबाट उठेको रकम दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गरिनेछ ।