sf7df8f}F, !% c;f]h . g]kfn sDo'lgi6 kf6L{ -g]skf–Pdfn]_n] z'qmaf/ nlntk'/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;xefuL k|ltlglwx? . t:jL/ M rGb|snf If]qL, /f;;

राजनीति

एमाले विधान महाधिवेशन : समूहगत छलफलको निश्कर्ष प्रस्तुत, आइतबार नेताहरुले जवाफ दिने

By खबरहब

October 02, 2021

काठमाडौँ– नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको दोस्रो दिन शनिबार समूहगत छलफलका निश्कर्ष प्रस्तुत गरिएको छ ।

शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिका समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको हो ।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए ।

छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका हुन् । आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबार नै सम्पन्न हुने एमालेले जानकारी दिएको छ ।