फाइल फोटो

राजनीति

मन्त्रालयमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : भुसाल

By खबरहब

October 02, 2021

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकार गठनमा ढिलई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिने बताए ।

उनले छिटै सरकारले छिट्टै पूर्णता पाउने पनि बताए । भुसालले अहिले अर्ली इलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरे ।

एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको उनले बताए । भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिदै कुनै बिचार र दृष्टिकोण नै नरहेको आरोप लगाए ।