आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

November 02, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा कायम भएको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?