खेलकुद

इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग एभर्टन पराजित

By खबरहब

November 02, 2021

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनलाई पराजित गरेको छ ।

सोमबार राति उल्भ्सले घरेलु मैदानमा एभर्टनलाई २–१ ले हराएको हो ।

म्याक्स किलमेनले उल्भ्सका लागि पहिलो गोल गर्दा अर्को गोल राउल जिमेनेजले गरेका थिए ।

घरेलु टोलीले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । एभर्टनका एलेक्स इवोबिले दोस्रो हाफमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

एभर्टन लगातार तेस्रो खेलमा पराजित बनेको हो ।

जितसहित उल्भ्स १० खेलबाट १६ अंकसहित तालिकाको सातौ स्थानमा छ । एभर्टन १४ अंकसहित तालिकाको दशौं स्थानमा छ ।