प्रेरक

महात्मा गान्धीका केही अमर वाणी

By खबरहब

November 02, 2021

१. राष्ट्रहरुको प्रगति क्रमिक विकास र क्रान्ति दुवै मार्गबाट भएको हो । क्रमिक विकास र क्रान्ति दुवैको समान आवश्यकता छ । २. प्रेमको शक्ति दण्डको शक्तिभन्दा हजा गुणा प्रभावशाली र स्थायी हुन्छ । ३. आनन्दको रहस्य नै त्यागमा छ । ४. अवसर नआई बोल्नु निरर्थक छ । ५. आत्मालाई चिनेपछि मानिस मृत्युसँग डराउँदैन । ६. शस्त्रधारी निरस्त्र हुँदा दुःखी बन्दछ तर सत्याग्रही कहिले पनि दुुःखी बन्दैन । ऊ नश्वर शरीर र शरीरका शस्त्रमाथि भर पर्दैन । अमर, अजेय अविनाशी आत्माको बलमा युद्ध गर्दछ । ७. डराउनु र डराउन दिनु दुवै पाप हुन् । ८. जीवनमा सबैभन्दा ठूलो कला तपस्या हो । ९. कविका अर्थको अन्त्य नै छैन । १०. कुरीतिका अधिन हुनु कायरता हो । त्यसको विरोध गर्नु पुरुषार्थ हो । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट