राजनीति

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता

By खबरहब

November 02, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको महामारीको असर कम गर्ने तथा महामारीपछिको पुनर्उत्थानमा दुबै देश मिलेर अघि बढ्नेबारे छलफल भएको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाएका छन् ।

PM @narendramodi met PM of Nepal @SherBDeuba today. In their first engagement since PM Deuba assumed office, the two leaders discussed ways to further strengthen our close bilateral ties.

Also discussed climate,COVID-19 & resolved to work together toward post pandemic recovery. pic.twitter.com/v2u1X3gkfj

— Arindam Bagchi (@MEAIndia) November 2, 2021

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्नेबारे छलफल भएको देउवाले ट्वीटमार्फत जनाएका थिए ।