राजनीति

ओलीले फेरि भने : भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो

By खबरहब

November 02, 2021

चितवन– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको फेरि दाबी गरेका छन् । यसअघि गत वर्ष ओली पहिलो पटक भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी रहेको बताएका थिए ।

ओलीको यो भनाइपछि उनी विवादमा तानिएका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर तत्कालीन प्रधानमन्त्री ओलीले बोलेको विषयमा सफाइ दिएको थियो ।

चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।

रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे ।

माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए ।