सुरक्षा

प्रधानसेनापति शर्मा पूर्वी कमाण्डको निरीक्षणमा

By खबरहब

November 02, 2021

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्डको निरीक्षण गरेका छन् । उनले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानलयले जनाएको छ ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले कमाण्डमा फौजको तैनाथीको अवस्थाबारे जानकारी लिएका थिए । उनले ईलाका कमाण्ड तथा जानकारी लिएँदै प्रदेशहरुसँगको समन्वयबारे पनि जानकारी लिएका थिए ।

हिलेमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाहरुलाई सम्बोधन गर्दै आवश्यक निर्देशनसमेत दिए । प्रधानसेनापति शर्मा बुधबार मकवानपुरको भीमफेदीस्थित गढी संरक्षण तथा सौन्दर्यीकरण आयोजनाको शिलान्यास गरी काठमाडौँ फर्किने छन् ।