रोचक/विचित्र संसार

वकिलले छापेको विवाहको अनौठो कार्ड भाइरल

By खबरहब

December 02, 2021

हरेकले आफ्नो विवाह स्मरणीय बनाउन चाहन्छन् । यसकालागि उनीहरू विवाहमा केही विशेष पहिरन, माहौल वा कार्यक्रमको आयोजना गर्दछन् । कतिपयले विवाहमा महंगो र आकर्षक कार्ड समेत छपाउँछन् । भारतका एक व्यक्ति यति बेला आफ्नो विवाहको कार्डका कारण चर्चामा छन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेको विवाहको एक अनौठो कार्ड अहिले भाइरल बनेको छ । यो विवाहको कार्ड चर्चामा आउनुको पछाडि भने यसमा बेहुलाले संविधानको धारा र विवाह अधिनियम उल्लेख गर्नु हो ।

भारतको असम राज्यको गुवाहाटी निवासी पेसाले वकिल यी बेहुलाले संविधान उल्लेख गर्दै विवाहको कार्ड छपाएर चर्चामा आए । यी वकिलले कार्डमा समानताको प्रतिनिधित्व दर्शाउँदै न्यायको तराजू बेहुला र बेहुलीको नामका साथ छपाएका छन् । यस अलावा कार्डमा भारतीय विवाहलाई नियन्त्रित गर्ने कानुन तथा अधिकारको पनि उल्लेख गरिएको छ ।

विवाहको यस अनौठो कार्डमा लेखिएको छ, ‘भारतीय संविधानको अनुच्छेद २१ अनुसार विवाहको अधिकार जीवनको अधिकार एक घटक हो । मेरो मौलिक अधिकारको उपयोग गर्ने समय आइतबार २८ नोभेम्बर रहेको छ ।’

विवाहको कार्ड छपाएर चर्चामा आएका बेहुलाले भने आफू अधिवक्ता रहेको कार्डमा उल्लेख गरेका छैनन् । यही कारणले उनलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गर्दै अधिवक्ता लेख्न सुझाएका छन् । यो कार्ड अहिले इन्टरनेटमा भाइरल बनेको छ ।