राजनीति

भूमिहीनको हातमा चाँडै लालपूर्जा दिन्छौँ : मन्त्री श्रेष्ठ

By खबरहब

December 02, 2021

सिन्धुपाल्चोक – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको बताइन् ।

भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनको जिकिर छ ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।