अटो

अटो जोन निर्माणमा लाग्न आग्रह

By खबरहब

December 02, 2021

पोखरा– नाडा अटो मोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकीएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाको टीम पोखराका अटो मोवाइल व्यवसायीबीच पुगेको छ ।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थापालगायतका उम्मेद्वार सदस्यले कास्कीका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीसँग भेट गरेका थिए ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार थापाले आफु र आफ्नो टिम नेतृत्वमा आए पछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिनेलगायतका काम गर्ने बताए ।