खेलकुद

टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा

By खबरहब

January 03, 2021

एजेन्सी-  टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ ।

लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक-एक गोल गरे ।

खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।

घरेलु मैदानमा भएको जितसँगै टोटेनहम टोटेनहम १६ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । लिड्स २३ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।