फाइल फोटो

रोचक/विचित्र संसार

सुतिरहेका बेला बाघ छातिमा बसेपछि…!

By खबरहब

January 03, 2021

काठमाडौं – जंगली बाघ सँग जो कोही पनि डराउँछन् ।

तर, एक पटक कल्पना गरौं कि तपाइँ सुतिरहनु भएको समयमा अचानक छातिमा आएर बाघ बस्यो भने के होला ?  यस्तै  घटना भारतको गुजरातस्थित राजकोटमा बस्ने एक विपुल खलैयाले भोगेका छन् ।

ती व्यक्ति जब आफ्नो घर बाहिर मस्तसँग सुतिरहेका थिए तब बाघ आएर उनको छातिमा बस्यो ।

तर उनले भने हिम्मत हारेनन् र त्यहाँबाट उनी भाग्न सफल भए । सञ्चारमाध्यममा जनाइए अनुसार उनी राजकोटको अभारमपारा गाउँमा बस्छन् ।

भारतीय सञ्चारमाध्यमहरुसँग उनले भनेका छन् , “आफूमाथि बसेको बाघलाई जोडले धकेलेको र बाघ डराएर केही पर पुगेपछि म भाग्न सफल भएँ ।”

एजेन्सीको सहयोगमा