पर्यटन

पर्यटनमन्त्री र भारतका लागि नेपाली राजदूतबीच भेटवार्ता

By खबरहब

March 03, 2021

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेटगरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गरेका हुन् ।

उनले भौगोलिकरुपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्रीसमक्ष अनुरोध गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताए ।

उनले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउनेगरी मन्त्रालयले निर्णण गरि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताए ।