पर्यटन

व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई अगाडि लैजान्छौँ : मन्त्री ढकाल

By खबरहब

April 03, 2021

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।

होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए ।

सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषदबाट पारित गराइ यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै उनले के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह पनि गरे । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।