क्रिकेट

आईपीएल : राजस्थानले चेन्नइलाई हरायो

By खबरहब

October 03, 2021

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ ।

आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नइलाई ७ विकेटले हराएको हो । चेन्नइले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन बनाए । चेन्नइका सार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नइका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन बनाए ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । हारका बाबजुत चेन्नइ १८ अंक जोडेर शीर्ष स्थानमा कायमै छ ।