राजनीति

कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको छ : सांसद चौधरी

By खबरहब

October 03, 2021

काठमाडौँ- प्रतिनिसभा सदस्य मेटमणी चौधरीले लेखक राहुल साङ्कृत्यायनको ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको शनिबार विमोचन गरेका छन् । अनुवादक मीनराज बसन्त रहेका उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो ।

पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन् । पुस्तकको विमोचन गर्दै सांसद चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताए ।

उनले भने, ‘कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवं कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेको सङ्गठन सुधारमा हामी सबै जुट्नुपर्छ ।’