अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा विश्वभर साढे ३ लाख कोरोना संक्रमित थपिए, ५ हजार ६८२ को मृत्यु

By खबरहब

October 03, 2021

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार ९७३, रुसमा २५ हजार २१९, भारतमा २३ हजार १६१ र ब्राजिलमा १३ हजार ४६६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या विश्वभर २३ करोड ५३ लाख ९४ हजार ५२६ पुगेको छ ।

तीमध्ये अहिलेसम्म २१ करोड २२ लाख ३ हजार ९३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख एक हजार ४६५ जना कोरोनामुक्त भएका छन् ।

यसैगरी बेलायतमा २१ हजार भारतमा २५ हजार टर्कीमा २२ हजार रुसमा १७ हजार र ब्राजिलमा ३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा ५ हजार ६८२ जना संक्रमतिको मृत्यु भएको छ । मृत्युहुनेमा सबैभन्दा धेरै रुसका ८६६ जना छन् । त्यस्तै अमेरिकामा ६९०, ब्राजिलमा ४५७, भारतमा २४१, टर्कीमा २०३ र बेलायतमा १२१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४८ लाख १० हजार ८४८ पुगेको छ ।