sf7df8f}F, !% c;f]h . g]kfn sDo'lgi6 kf6L{ -g]skf–Pdfn]_n] z'qmaf/ nlntk'/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;Daf]wg ub}{ kf6L{ cWoIf Pj+ k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL, /f;;

राजनीति

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीसहितका नेताले जवाफ दिँदै

By खबरहब

October 03, 2021

काठमाडौँ- नेकपा (एमाले)को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन् ।  प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् ।

नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिए ।