खेलकुद

बुन्डेसलिगा : डर्टमण्डको विजयी

By खबरहब

October 03, 2021

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अग्स्बर्गलाई २-१ गोलले हराएको हो । डर्टमण्डको जितमा राफायल गुईरेरियो र जुलियन ब्रान्टले गोल गरे ।

एन्डी जेकिरीले गोल गर्दै अग्स्बर्गका लागि एक गोल गरे ।

जितसँगै डर्टमण्ड ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।  ५ अंक जोडेको अग्स्बर्ग १५औँ स्थानमा छ ।