राजनीति

कांग्रेस अधिवेशन : विराटनगरमहानगरको सभापतिमा चापागाई

By खबरहब

October 03, 2021

मोरङ- नेपाली कांग्रेस विराटनगर महानगरपालिको   सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् ।

१४औँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका हुन् ।

उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भएका छन् । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।