फाइल फोटो

आर्थिक

शेयर बजार नेप्से परिसूचक ५६ अंकले घट्यो, सबै उपसूचक राताम्मे

By खबरहब

October 03, 2021

काठमाडौँ-साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

आज २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।