सांकेतिक तस्बिर

राजनीति

कांग्रेस अधिवेशन : टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित

By खबरहब

October 03, 2021

काठमाडौँ- नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन् ।

कांग्रेस टोखा नगरपालिकाको आज सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन् । टोखामा ११ वडा रहेका छन् ।

यस्तै, काँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी  भएका छन् ।  मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।