सांकेतिक तस्बिर

समाचार

४४१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 03, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३३७ कोरोना संक्रमितको आईसीयूमा र १०४ को भेन्टिलेटरमा गरी कुल ४४१ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ६५ जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १९० जना आईसीयूमा र ६० जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा २९ जना आईसीयूमा र २ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४१ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णालीमा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।