राजनीति

एमालेको नयाँ लोगो र एप सार्वजनिक

By खबरहब

October 03, 2021

काठमाडौँ- नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशन अन्तर्गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

एमालेले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने हेतुले एप सार्वजनिक गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिनेछ । एपबाटै पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिने जनाइएको छ ।