nlntk'/M !& c;f]hM g]skf -Pdfn]_ ljwfg dxflwj]zg ;dfkg sfo{qmd g]kfn sDo'lgi6 kf6L{sf cWoIf s]kL zdf{ cf]nL cfOtaf/ nlntk'/sf] uf]bfj/Ldf g]skf -Pdfn]_ ljwfg dxflwj]zg ;dfkg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M rG›snf If]qL÷/f;;

राजनीति

अबको निर्वाचनमा कुनै ‘मधुकैटब’ले हल्लाउन नसक्ने गरी बहुमत ल्याउँछौँ : ओली

By खबरहब

October 03, 2021

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएका छन् ।

पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाए । उनले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए ।

उनले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्रिय पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए । उनले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गरे ।

अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याएर पार्टीलाई स्थापित गर्ने बताए ।