sf7df8f}F, !% c;f]h . g]kfn sDo'lgi6 kf6L{ -g]skf–Pdfn]_n] z'qmaf/ nlntk'/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;Daf]wg ub}{ kf6L{ cWoIf Pj+ k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL, /f;;

एमालेद्वारा सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन

By खबरहब

October 03, 2021

काठमाडौँ- नेकपा एमालेले आसन्न १० औँ महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ ।

ललितपुरको गोदाबरीमा भएको पहिलो विधान महाधिवेशनले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।

आयोगको सदस्यहरुमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला छन् ।

यस्तै सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र बागमतीबाट हिमकला गैरे आयोगको सदस्य छन् ।