जोक्स

चुट्किला– मौका नै मिलेन

By खबरहब

November 03, 2021

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ? मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन ।

बिस्तारै असर गर्ने

मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ युवतीहरुसँग मेरो नाजायज सम्बन्ध थियो ।

पत्नीले भनी: म पनि तपाईंलाई सत्य बताउन चाहन्छु । तपाईं बिरामीले मर्नु भएन । त्यसैले तपाईंलाई बिस्तारै असर गर्ने विष दिइरहेँ । साभार: ‘हँसाउने चुट्किला’ पुस्तकबाट