आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

November 03, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?