खेलकुद

बार्सिलोनाको जितमा फातीको निर्णायक गोल

By खबरहब

November 03, 2021

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।