औषधी/उपचार

ओठ, जिब्रो र मुखमा बारम्बार किन घाउँ आउँछ ?

By खबरहब

November 03, 2021

अधिकाशं मानिसको मुख, जिब्रो तथा ओठमा स–साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । कसैको जिब्रो, कसैको ओठ, कसैको गिजा प्राय घाउँ भइरहन्छ । जसले खाना खान, बोल्न समेत समस्या हुन्छ ।

शरीरमा पोषणको कमी हुदाँ, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले मुख, ओठ तथा जिब्रोमा घाउ आउँछ । यस्तै खाद्य विषाक्तता, सुर्ति, पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।

समधानका उपाय: – प्रशस्त पानी पिउने । – बढि चिसो वा तातो नखाने, नपिउने । – फलफूल तथा साग सब्जी राम्ररी चपाएर खाने । – मनतातो पानीमा पिटकिरी मिसाएर दैनिक ३ पटक कुल्ला गर्ने । – चिल्लो पदार्थ बढि नखाने । – बिहान–बिहान उम्रको गेडागुडी खाने । – घाउ भएको ठाउँमा मह लगाउने । – निमको पात चपाउने । – बदाम भिजाएर खाने । – पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने ।

यसका बावजुद बारम्बार समस्या भइरहेमा चिकित्सकको परामर्श लिने । विभिन्न एजेन्सीको सहयोगमा