प्रवास

एनआरएनए निर्वाचन तत्काल गर्न माग

By खबरहब

November 03, 2021

काठमाडौँ– गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए ।

शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गरे । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औं महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानार्कषण गराएका हुन् ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संघको निर्वाचन र महाधिवेशनको लागि शुभकामना पिन दिए ।

गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्वरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपाचारिक छलफल जारी रहेको संघले जनाएको छ ।