क्रिकेट

विश्वकप टी-ट्वान्टी क्रिकेट : जित्नै पर्ने दबाबमा भारत

By खबरहब

November 03, 2021

एजेन्सी- आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन् ।

अबुधाबीमा राति ७:४५ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा भारत छ ।

सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुनेछ ।

अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ ।

अफगानिस्तानसँगै भारतले नामिबिया र स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन समेत सम्भावना बलियो हुनेछ  ।

आजै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ ।