आर्थिक

मेगा बैंकका ग्राहकलाई आँखा उपचारमा विशेष छुट

By खबरहब

November 03, 2021

काठमाडौँ– मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौँको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । दुई संस्थाबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखा परीक्षण र ल्याबमा ५–५ प्रतिशत छुट पाउनेछन् ।

चश्मा खरिदमा पनि साढे ७ प्रतिशतसम्म छुट हुने मेगा बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकका ग्राहकहरूलाई काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरूले विशेष छुट दिँदै आएका छन् ।