राजनीति

अवैध राजनीतिक सम्बन्धबाट बनेको पार्टीलाई महाधिवेशनमा बोलाउँदैनौँ- भट्टराई

By खबरहब

November 03, 2021

काठमाडौँ– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा ‘अवैध’ ढंगबाट बनेका पार्टीहरुलाई नबोलाउने सचिव योगेश भट्टराईले उद्घोष गरेका छन् ।

मंसिरमा हुने महाधिवेशनबारे जानकार दिन पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले  अवैध सम्बन्ध र राजनीतिक शक्तिबाट बनेका राजनीतिक पार्टीलाई बोलाउन जरुरी नरहेको बताए ।

उनले भने,‘जसको स्पष्ट ठेगाना, पत्रचार गर्ने ठाँउ छैन त्यसलाई बोलाई राख्नुपर्छ भन्ने मलाइ लाग्दैन ।’

पहिचार र स्पष्ट ठेगाना  भएका प्रमुख राजनीतिक दललाई भने महाधिवेशनमा बोलाईने उनले बताए ।