cy{dGqL zdf{ ;Daf]wg lsdfyfÍf, !& sflQs M lhNnf c:ktfn ;ªv'jf;efsf] a'waf/ lg/LIf0fkl5 ;Daf]wg ub}{ cy{dGqL hgfb{g zdf{ . t:jL/ M eljg sfsL{÷/f;;

राजनीति

अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ : अर्थमन्त्री शर्मा

By खबरहब

November 03, 2021

किमाथाङ्का- अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए ।  सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उहाँको भनाइ थियो ।

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । उनले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे ।