धर्म / संस्कृति

कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

By खबरहब

November 03, 2021

काठमाडौँ– यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ ।

भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

तस्वीरहरु : रासस