sf7df8f}F, !& sflts-/f;;_ M k|wfgdGqLsf] sfof{ef/ ;d]t ;DxfNg'ePsf u[xdGqL afns[i0f vfF0f j}t8L l;uf;–% 9'ªuf8l:yt ;]tL gbL af9L k|efljt If]qsf] lg/LIf0f k'gMlgdf{0f / /fxtaf/] ;/sf/sf] of]hgf ;'gfpFb} . t:jL/ gf/fo0f Gof}kfg], /f;;

देश/प्रदेश

गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्‍यो

By खबरहब

November 03, 2021

बैतडी- बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई बाढीपहिरो पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् ।

जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए । गृहमन्त्रीले पीडितहरूलाई सम्बोधन गर्दै भने ‘यो क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ । पुनर्स्थापना लागि विशेष राहत कोष बनाएर सरकारले कामअघि बढाउँछ ।’ गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरूका लागि छिट्टै राहत प्याकेज घोषणा गर्ने समेत बताए ।

यस्तै, ढुंगाडवासीले पश्चिमसेती जलविद्युत आयोजनाको काम समेत अघि बढाउन आग्रह गरेका छन् । सोही योजनाका रोकिँदा ढुंगाड क्षेत्रमा विकास नभएको बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।

कात्तिक पहिलो साता परेको अविरल बर्षाले बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडमा व्यापक क्षति पुर्याएको थियो । सेती नदीको बाढीले खेत बगाउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।