अन्तर्राष्ट्रिय

चीनसँग सीमा जोडिएको क्षेत्रमा भारतले गर्‍यो क्रुज मिसाइल तैनाथ

By खबरहब

November 03, 2021

नयाँ दिल्ली– भारतले चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइल तैनाथ गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार भारतले अरुणाचल प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइलका साथै होवित्जर तोप पनि तैनाथ गरेको छ ।

हालै चीनले नयाँ सीमा कानून ल्याएपछि भारतले सीमा क्षेत्रमा हतियार तैनाथ गरेको सार्वजनिक भएको हो । यो क्षेत्रमा अमेरिकामा बनेको चिनुक हेलिकोप्टर र इजराइलमा बनेका ड्रोनहरु पनि तैनाथ रहेको बताइएको छ ।

गत वर्ष भारतीय र चिनियाँ सेनबीच झडप भएपछि सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

गत वर्षको झडपपछि १२ चरणसम्म दुई सेनाका प्रतिनिधिबीच वार्ता भएको छ । तर, वार्तामा कुनै प्रगति भएको छैन ।