bdf}nL, !! ;fpgM sIff !! sf] k/LIff lbFb} ljBfyL{ tgx'Fsf] z'Snfu08sL gu/kflnsf–$ b'n]uf}8fl:yt k~rd'gL dfWolds ljBfnodf ;f]daf/b]lv ;'? ePsf] sIff !! sf] k/LIff lbFb} ljBfyL{ . sf]/f]gf sx/sf sf/0f Pp6f a]Grdf Ps hgf dfq} ljBfyL{ /fv]/ k/LIff ;~rfng ul/Psf] 5 . tl:a/M s[i0f Gof}kfg]÷/f;;

समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले प्राप्त गरे ‘ए प्लस’

By मिलन दाहाल

December 03, 2021

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेड नतिजा ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ रहेको बोर्डले जनाएको छ ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । त्यस्तै ७५ हजार ०८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको उनले बताए ।

यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् । त्यस्तै ४६ जना विधार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण परीक्षा दिन नपाएका ४१ जना विद्यार्थीहरुले गत बुधबारदेखि परीक्षा दिएका छन् ।

उनीहरुको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

नतिजा सिस्टममा अपलोड गर्ने काम चलिरहेकाले विद्यार्थीहरुले डेढ घण्टापछि मात्र नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ ।