रोचक/विचित्र संसार

२ दिदीबहिनी एकाएक कसरी बने केटा ?

By खबरहब

January 04, 2021

पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।

लिंग परिवर्तनपछि उनीहरुको नामसमेत फेरिएको छ । अहिले बुशराको नाम वलीद आबिद र वाफियाको नाम मुराद आबिदमा बदलिएको छ ।

सानैबाट आफूहरुलाई पुरुषको कपडा लगाउन मन लाग्ने र केही बानीसमेत केटाको जस्तो भएपछि उनीहरुले लिंग परिवर्तन गराएको बताएका छन् ।

केटीबाट केटा बनेपछि उनीहरु मात्र होइन उनको परिवारसमेत अत्यन्त खुसी छ । साथै उनीहरुको दीघार्युको कामना गर्दै आएका छन् । उनीहरुका अन्य ७ दिदीबहिनी दुई भाइ पाएपनि हर्षित छन् ।