kj{t, @@ df3M dGqL /fdfodfemL ;a :6]zg pb3f6g ;df/f]xdf phf{, hn;|f]t tyf l;FrfOdGqL 6f]kaxfb'/ /fodfemL laxLaf/ kj{tsf] s'Zdf gu/kflnsf j8f g+ @ v'sf]{6df :yfkgf ePsf] g]kfn ljB't k|flws/0fsf] @@)÷!#@ s]=eL s'Zdf ;a :6]zg tyf @@) s]eL s'Zdf–bfgf k|;f/0f nfOg @@)÷!#@÷## s]eL bfgf ;a :6]zgsf] pb3f6g ;df/f]xdf . tl:a/M nIdLk|;fb ;fks]f6f÷/f;;

राजनीति

दाहाल–नेपाल गठबन्धन ‘अपवित्र’ : उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)

By खबरहब

February 04, 2021

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन ‘अपवित्र’ रहेको आरोप लगाएका छन ।

बिहीबार नेकपा वाग्मती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले सधैँ पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपालबीचको गठबन्धन पनि अपवित्र रहेको बताएका हुन ।

हेरौँ भिडियो

उनले माधव नेपालको विचारहरु कुण्ठाको भारी बोकेको एउटा पात्रले बोल्ने बिचार रहेको बताए । अन्तरविरोधमा खेल्ने प्रचण्ड र कुण्ठामा रमाउने माधव नेपालको गठबन्धनलाई पराजित गर्दै लैजाने उनले उल्लेख गरे ।

पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि सरकार र पार्टीलाई आफ्नै नेताहरुबाट असहयोग मात्र मिलेको उल्लेख गरे ।

उनले पार्टीमा भागबण्डा खोजेकै कारण संवैधानिक आयोगमा लामो समय नियुक्त गर्न नसकिएको भन्दै प्रचण्ड–नेपाल पक्ष बाहिरिएसँगै सहज रुपमा आयोगले पूर्णता पाएको तर्क गरे ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता महेश बस्नेतले अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्न आफूहरु सफल हुने दावी गरेका थिए ।