इनसाइट/स्पेशल

बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहण गर्दै

By खबरहब

March 04, 2021

काठमाडौँ— बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आउने भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दाससँग भेट गर्दै आरोहण दलका केही सदस्यहरूले उक्त जानकारी गराएका हुन् ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेका छन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्नेछ ।

यसअघि गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेक्सले मिलाइरहेको जानकारी दिइएको छ ।