रोचक/विचित्र संसार

स्याउको अनलाइन अर्डरमा आइफोन उपहार पाएपछि…

By खबरहब

May 04, 2021

कसैले भाग्यमा विश्वास गर्छन् त कसैले गर्दैनन् । तर बेलायतको एक घटनाले भने भाग्यमा विश्वास नगर्नेहरुले पनि यसपछि विश्वास गर्नेछन् ।

तपाईले कैयौं पटक अनलाइन सपिंग गर्नु भएको होला वा यसबारे पक्कै सुन्नु भएको होला । अनलाईनमा सामान अर्डर गर्दा कतिपयले भने जस्तो सामान नपाएको वा खराब सामाग्री आइपुगेको गुनासो गर्छन् ।

बेलायतका निक जेम्स नामक एक व्यक्तिले भने स्थानीय सुपरमार्केटबाट स्याउ अर्डर गर्दा स्याउको सट्टा आइफोन पाए । तर यसमा न त निक न त कम्पनी कसैको भुल भएको थिएन ।

खासमा कम्पनीले सुपर सब्सटिट्यूट प्रमोशन चलाएको थियो । जसमा सामान अर्डर गर्ने केहि व्यक्तिलाई कम्पनीको तर्फबाट महगो मोबाइल गिफ्ट दिइने थियो । जसमा निक जेम्स भाग्यशाली उपभोक्ता बने र उपहारमा आइफोन एसइ पाए ।