अन्तर्राष्ट्रिय

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

By खबरहब

October 04, 2021

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर विष्फोट भएको छ ।

आइतबार भएको उक्त विष्फोटमा कैयौँ नागरिक मारिए तथा केही घाइतेमात्र भएको तालिबान प्रवक्ताले जनाएका छन् । तथापि यसको यकिन तथ्यांक प्राप्त हुन नसकेको तालिबान प्रवक्ताले  बताएका छन् ।

‘ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,’ तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्वीटरमा लेखेका छन् ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।