क्रिकेट

ईपीएलमा आज पनि दुई खेल, कसको भिडन्त को सँग ?

By खबरहब

October 04, 2021

काठमाडौँ- ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् । आजै हुने दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजको प्रतिस्पर्धा हुनेछ ।

चितवन र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । भैरहवा पनि प्ले अफमा पुगिसकेको छ ।

काठमाडौं र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । पोखरा प्ले अफमा पुग्न संघर्षरत छ भने  काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।