क्रिकेट

आईपीएलमा कोलकाता विजयी

By खबरहब

October 04, 2021

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

दुबईमा आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।

हैदरावादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । नितिस रानाले २५ तथा दिनेश कार्तिकले अविजित १८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । हैदरावादका केन विलियम्सनले २६ रन जोड्दा अब्दुल समादले २५ रन बनाए । प्रियम गार्गले २१ रन बनाए ।

कोलकाताका टिम साउथी, शिबम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए ।

जितसँगै कोलकाता १३ खेलमा १२ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । ४ अंक जोडेको हैदरावाद पुछारमा छ ।