राजनीति

कांग्रेस महाधिवेशन : चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी

By खबरहब

October 04, 2021

काठमाडौँ- नेपाली कांग्रेसको चन्द्रागिरि नगरपालिकाको अधिवेशनमा प्रकाशमान सिंहको प्यानल नै विजयी भएको छ ।

सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । उप–सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम बाँनिया निर्वाचित भएका छन् ।

सचिवमा राजेन्द्र महर्जन, नवीन महर्जन विजयी हुँदा सह–सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।  यस्तै कोषध्यक्षमा मञ्जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।